२०२६ (रेइवा ८) टोक्यो मेट्रोपोलिटन हाई स्कुल भर्ना छनोटको लागि अग्रिम-आवेदन योग्यता प्रमाणीकरण सम्बन्धी सुचना: “टोक्योमा बस्ने विदेशी विद्यार्थीहरू आदिका लागि अप्रिल भर्नाको छनोट”

更新日

“टोक्योमा बस्ने विदेशी विद्यार्थीहरू आदि लागि अप्रिल भर्नाको छनोट” मा पर्न चाहनेहरूको योग्यता प्रमाणित गर्न विभिन्न भाषाका अनुवादकहरू त्यस दिन उपस्थित हुनेछन्। “टोक्योमा बस्ने विदेशी विद्यार्थीहरू आदि लागि अप्रिल प्रवेश परीक्षा” मा भाग लिन चाहनेहरू त्यहाँ उपस्थित हुनुहोस्। भीडभाडबाट बच्न पहिल्यै बुकिङ गरेर नाम लेखाउनुहोस्।

१ मिति, समय र स्थान

मिति र समय:
नोभेम्बर ३० (आइतबार), २०२५ (रेइवा ७)
डिसेम्बर १४ (आइतबार) , २०२५ (रेइवा ७)
डिसेम्बर २१ (आइतबार) , २०२५ (रेइवा ७)

बिहान १०:३० देखि दिउँसो १२:३० सम्म (रिसेप्सन दिउँसो १२:०० सम्म)
दिउँसो १:३० देखि ४:३० सम्म (रिसेप्सन दिउँसो ४:०० मा बन्द)

* नोभेम्बर ३० वा डिसेम्बर १४ मा उपस्थित हुने व्यक्ति, जसको योग्यता प्रमाणित हुन सकेन, तिनीहरू डिसेम्बर २१ मा उपस्थित हुन सक्नेछन्।

स्थान: टोक्यो मेट्रोपोलिटन सरकारी भवन नम्बर १, पाचौं तल्ला, मुख्य सम्मेलन हल

ठेगाना: २-८-१ निशी शिन्जुकु, शिन्जुकु, टोक्योो

* तपाईं प्रवेश गर्दा, एक कर्मचारीले तपाईंलाई टोकियो मेट्रोपोलिटन सरकारी भवन नम्बर १ मुख्य भवनको पहिलो तल्लामा उत्तर तर्फको लिफ्टको अगाडि एउटा प्रवेश पास (निलो) दिनेछन्।
* कुनै पनि मितिहरूमा उपस्थित हुन सक्नुहुन्न भने, कृपया सुचनाको अन्तमा रहेको <सोधपुछ (०३-५३२०-६७४५)> मा कल गर्नुहोस्।

२ बुकिङका लागि उपलब्ध मिति र समय

  बिहान १०:३० देखि दिउँसो १२:३० सम्म ददिउँसो १:३० देखि ४:३० सम्मम
नोभेम्बर ३० (आइतबार) (१०० भन्दा बढी बुकिङ भएमा “धेरै बुकिङहरू भयो” भनेर देखाइनेछ) (१५० भन्दा बढी बुकिङ भएमा “धेरै बुकिङहरू भयो” भनेर देखाइनेछ)
डिसेम्बर १४ (आइतबार)) (१०० भन्दा बढी बुकिङ भएमा “धेरै बुकिङहरू भयो” भनेर देखाइनेछ) (१५० भन्दा बढी बुकिङ भएमा “धेरै बुकिङहरू भयो” भनेर देखाइनेछ)

भीडभाडबाट बच्न बुकिङ प्रणाली लागू गरिएको छ।

डनोभेम्बर ३० वा डिसेम्बर १४ मा उपस्थित हुने व्यक्ति, जसको योग्यता प्रमाणित हुन सकेन, तिनीहरू डिसेम्बर २१ मा उपस्थित हुन सक्नेछन्। पहिल्यै बुकिङ गर्नु पर्दैन।

३ “टोकियोमा बस्ने विदेशी विद्यार्थीहरूको लागि अप्रिल भर्नाको छनोट” को लागि आवेदन दिन सक्ने व्यक्तिहरू

टोक्योमा आफ्ना अभिवावकसँग बस्ने व्यक्तिहरू। अथवा हाई स्कुलमा भर्ना भएको मितिसम्म टोक्योमा ठेगाना भएकाहरू र भर्ना भएपछि पनि टोक्योबाट यात्रा गर्न सक्नेहरू। यसका साथै, तिनीहरू जसलाई जापानी भाषा निर्देशन चाहिन्छ र जो तल (१) देखि (४) का शर्तहरू पूरा गर्छन्।

*हितोत्सुबाशी हाई स्कूल, आसाकुसा हाई स्कूल, ओगिकुबो हाई स्कूल, वा सुनागावा हाई स्कूलमा आवेदन दिने व्यक्तिहरू टोक्योमा बस्न वा काम गर्नुपर्छ। यो अभिभावकको रूपमा एउटै ठेगाना हुनु हुँदैन।

(१)  जुनसुकै देशको भएता पनि, मार्च ३१, २०२६ (रेइवा ८) सम्म जुनियर हाई स्कुलबाट स्नातक हुने निर्धारण भइसकेकाहरू र जो भर्ना भएको मितिदेखि ३ वर्ष वा सोभन्दा कम समयदेखि जापानमा छन्।

(२)  जुनसुकै देशको भएता पनि, जुनियर हाई स्कुलबाट स्नातक गरिसकेकाहरू र भर्ना भएको मितिदेखि ३ वर्षभन्दा कम समय जापानमा रहेकाहरू।

(३) जुनसुकै देशको भएता पनि, मार्च ३१, २०२६ (रेइवा ८) सम्म स्थानीय स्कुल सम्पन्न हुने योजना बनाइरहनुभएको वा भइसक्नुभएको व्यक्ति।

(४)  विदेशी नागरिता भएकाहरू र मार्च ३१, २०२६ (रेइवा ८)सम्ममा जापानको कुनै विदेशी स्कुलबाट शिक्षा प्राप्त गरेकाहरू, तथा जापानको नौ वर्षको अनिवार्य शिक्षा बराबरको अध्ययन पाठ्यक्रम सम्पन्न हुने योजना बनाइरहनुभएको वा भइसक्नुभएको व्यक्ति।

* जनवरी १, २०२३ मा वा त्यसपछि जापान प्रवेश गरेका व्यक्तिहरूलाई ३ वर्षभन्दा कम समय जापानमा बसेको मानिनेछ।

४ अनुवाद उपलब्ध भएका भाषाहरू र समय

७ वटा भाषाहरू: अंग्रेजी, चाइनिज, कोरियन, टागालोग, नेपाली, स्पेनी र थाई

अनुवाद हुन सक्ने समय

भाषा नोभेम्बर ३० (आइतबार) डिसेम्बर १४ (आइतबार)
अंग्रेजी, चाइनिज, टागालोग, नेपालीी बिहान १०:३० देखि दिउँसो ४:३० सम्म बिहान १०:३० देखि दिउँसो ४:३० सम्म
स्पेनी, थाई, कोरियन दिउँसो १ देखि ४:३० सम्मम

अरू भाषाहरूमा पनि अनुवाद उपलब्ध हुन सकिन्छ। कृपया पृष्ठको तल दिइएको सोधपुछ (०३-५३२०-६७४५) मा नोभेम्बर २१ सम्ममा कल गर्नुहोस्।

५ के ल्याउने

कृपया तलको तालिका हेर्नुहोस् र 〇 लगाइएका कागजातहरू ल्याउनुहोस्।

स्कुल  लक्षित व्यक्ति विद्यालय द्वारा जारी कागजातहरू  टोकियोमा बस्ने विदेशी विद्यार्थीहरूको लागि योग्यता प्रमाणित गर्ने अग्रिम आवेदन फाराम राहदानी वा आवास कार्ड़ आवास प्रमाणपत्रको विवरण प्रमाणपत्र
जुनियर हाई स्कुल  टोकियो भित्र  अपेक्षित स्नातक ・ विद्यार्थीको नोटबुक वा विद्यार्थी आईडी कार्ड
(नाम, ठेगाना, कक्षा, आदि सबै भरिएको)

प्रवेश गरेको मिति वा अवतरण अनुमतिको मिति देखाउने कागजात
आवश्यक छैन 
स्नातक ・ स्नातक प्रमाणपत्र आदि
(स्नातक गरेको मिति देखाउने कागजात) 

प्रवेश गरेको मिति वा अवतरण अनुमतिको मिति देखाउने कागजात
टोकियो बाहिर अपेक्षित स्नातक ・ शैक्षिक ट्रान्सक्रिप्ट, अपेक्षित स्नातक प्रमाणपत्र, आदि
(स्नातक मिति देखाउने कागजात)

प्रवेश गरेको मिति वा अवतरण अनुमतिको मिति देखाउने कागजात
*१
स्नातक ・ स्नातक प्रमाणपत्र, आदि
(स्नातक मिति देखाउने कागजात)

प्रवेश गरेको मिति वा अवतरण अनुमतिको मिति देखाउने कागजात
*१
जापानको विदेशी स्कुलहरू सम्पन्न हुने अपेक्षित मिति ・ शैक्षिक ट्रान्सक्रिप्ट, अपेक्षित स्नातक प्रमाणपत्र, आदि
(सम्पन्न भएको मिति देखाउने कागजात)
*१
सम्पन्न ・ अन्तिम वर्षको शैक्षिक ट्रान्सक्रिप्ट, स्नातक प्रमाणपत्र, सम्पन्न गरिसकेको प्रमाणपत्र, आदि
(९ वर्षको पाठ्यक्रम सम्पन्न भएको देखाउने कागजातहरू)
*१
विदेशी स्थानीय विद्यालय सम्पन्न हुने अपेक्षित मिति ・ शैक्षिक ट्रान्सक्रिप्ट, अपेक्षित स्नातक प्रमाणपत्र, आदि
(सम्पन्न भएको मिति देखाउने कागजात)
आवश्यक छैन *२
सम्पन्न ・ अन्तिम वर्षको शैक्षिक ट्रान्सक्रिप्ट, स्नातक प्रमाणपत्र, सम्पन्न गरिसकेको प्रमाणपत्र, आदि
(९ वर्षको पाठ्यक्रम सम्पन्न भएको देखाउने कागजातहरू)
आवश्यक छैन *१

*१ टोक्यो बाहिर बस्नुहुन्छ तर हाई स्कुलमा भर्ना हुने बेलासम्म टोक्यो सर्दै हुनुहुन्छ भने, तपाईंले स्वीकृतिको लागि आवेदेन (फारम १) पेश गर्नुपर्नेछ।
हिटोत्सुबाशी हाई स्कुल, असाकुसा हाई स्कुल, ओगिकुबो हाई स्कुल वा सुनाकावा हाई स्कुलमध्ये कुनै एक विद्यालयमा आवेदन दिने व्यक्ति, जो हाल टोक्यो भित्र नबस्ने तर टोक्योमा कार्यरत छन्, ती व्यक्तिहरूले कार्यरत भएको प्रमाण दिने कागजात पेश गर्नु आवश्यक छ।

*२ आफ्नो देश फर्किने, आदि विषयमा तपाईंले एउटा निवेदन (फारम ५) पेश गर्नुपर्छ।

  • कृपया तलको लिंकबाट टोक्योमा बस्ने विदेशी विद्यार्थीहरूको लागि योग्यता प्रमाणित गर्ने अग्रिम आवेदन फाराम डाउनलोड गर्नुहोस् र यसलाई जापानी वा अंग्रेजीमा भर्नुहोस्।
  • कृपया नोभेम्बर २० पछि आवास प्रमाणपत्रको विवरण प्रमाणपत्र (फारम ३) प्राप्त गर्नुहोस्।
  • जापान प्रवेश गरेपछि आफू बसेको अवधि प्रमाणित गर्न कृपया आफ्नो पुरानो र नयाँ राहदानी र आवास कार्डहरू ल्याउन नबिर्सनुहोस्।
  • जापानमा तपाईं बसेको अवधि प्रमाणित गर्न अपडेट मिति लेखिएको आवास कार्ड प्रयोग गर्न सकिंदैन।
  • कृपया सम्बन्धित कागजातहरूको प्रतिलिपि बनाउन नबिर्सनुहोस्।

<सन्दर्भ>

६ बुकिङ फारम

कृपया निम्न URL बाट बुकिङ गर्नुहोस्। *अक्टोबर २० देखि बुकिङ्ग गर्न सकिन्छ।

ठेगाना https://logoform.jp/form/tmgform/1249672

२D कोड 

記事ID:031-001-20250930-014730